ओलम्पिकमा सर्वाधिक पदक जित्ने महिला र पुरुष खेलाडी

विश्व खेलकुदको महामेला मानिने ओलम्पिकको ३२ औँ संस्करण शुक्रबारबाट जापानको टोकियोमा सुरु भएको छ । 

३३ खेलका ३३९ विधा समेटिएको प्रतियोगितामा २०६ देशका ११ हजारभन्दा बढी खेलाडीले आफ्नो खेल कौशल देखाउने छन् । 

हरेक खेलाडीको सपना हुन्छ ओलम्पिक खेल्ने र पदक जित्ने । तर सबै खेलाडीको सपना पूरा हुँदैन ।

ओलम्पिकमा त्यस्ता खेलाडी पनि छन् जसले सर्वाधिक पदक जितेर तहल्का मच्चाएका छन् । यहाँ त्यस्तै दुई खेलाडी चर्चा गरिएको छ । 

माइकल फेल्प्स

अमेरिकी पौडीवाज माइकल फेल्प्स ओलम्पिक इतिहासकै सर्वाधिक सफल खेलाडी हुन् । उनले आफूले सहभागिता जनाएका स्पर्धामा कुनै न कुनै पदक हात पारेका छन् । 



फेल्प्सले सन् २००४ देखि २०१६ को ओलम्पिकमा २३ स्वर्ण, ३ रजत र २ कास्यसहित कुल २८ पदक हात पारेका छन् । 

सन् २००४ को एथेन्स ओलम्पिकमा ६ स्वर्ण र २ कास्य पदक हात पारेका फेल्प्सले २००८ को बेइजिङ ओलम्पिकमा ८ स्वर्ण जिते । 



उनले सन् २०१२ को लन्डन ओलम्पिकमा ४ स्वर्ण र २ रजत तथा २०१६ को रियो दि जेनेरियो ओलम्पिकमा ५ स्वर्ण र १ रजत हात पारे ।

लरिसा ल्याटिनिना

लरिसा ल्याटिनिना ओलम्पिककी सर्वाधिक सफल महिला खेलाडी हुन् । तत्कालीन सोभियत संघ(रुस) की यी जिम्यास्टिक खेलाडीले सन् १९५६ देखि १९७४ सम्मको ओलम्पिकमा ९ स्वर्ण, ५ रजत तथा ४ कास्यसहित कुल १८ पदक हात पारिन् ।

सन् १९५६ को मेलवर्न ओलम्पिकमा ४ स्वर्ण समान १–१ रजत हात पारेकी ल्याटिनिनाले १९६० को रोम ओलम्पिकमा ३ स्वर्ण, २ रजत र १ कास्य जितिन् ।

ल्याटिनिनाले सन् १९६४ को टोकियो ओलम्पिकमा समान २–२ स्वर्ण, रजत र कास्य पदक हात पारिन् । 
 

  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १२:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया