आतंकको राज रोक्नका लागि युथ फोर्स जन्मियो : ईश्वर पोखरेल
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आतंकको राज रोक्नका लागि युथ फोर्स जन्मिएको बताएका छन् । युथ फोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा बोल्दै पोखरेलले युथ फोर्सको सुरुवात सम्झेका हुन् । 

आफ्ना नेता कार्यकर्तालाई ज्यादती र आतंकबाट जोगाउँदै सुरक्षाको प्रत्याभूतिका लागि तत्कालीन समयमा युथ फोर्स जन्मिएको बताए । माओवादी आतंक बढिरहेको समयमा जनताको सुरक्षाका लागि युवाहरुको शक्तिको जन्म भएको उनको भनाइ थियो । 

अहिलेको अवस्थामा पनि एक प्रकारको राजनीतिक आतंक सिर्जना हुने अवस्था देखिएकाले युथ फोर्सको सान्दर्भिकता देखिएको महासचिव पोखरेलले बताए । उनले युथ फोर्स जनताको पक्षमा काम गर्न तथा खबरदारी गर्नका लागि फेरि ब्यूँतिएको बताए । 

महासचिव पोखरेलले अहिलेको सत्तारुढ गठबन्धनले जनताको विपक्षमा, राजनीतिक रुपमा गडबडी गर्न थालेमा युथ फोर्सले त्यसलाई रोक्नुपर्ने जिम्मेवारी आएको बताए । उनले अघिल्लो सरकारले गरेका राम्रा कामलाई प्रचार र लागु गर्नका लागि पनि युथ फोर्सले काम गर्नुपर्ने बताए । 

अब युथ फोर्सले आतंकविरुद्ध लड्दै देश र जनताको पक्षमा काम गर्नुपर्ने पोखरेलले बताए । उनले जनताको कृषि तथा औद्योगिक उत्पादन, वितरण र स्वरोजगार तथा आयस्तर वृद्धिका लागि युथ फोर्सले काम गर्नुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १५:२५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया