अफगानिस्तानमा हवाइ आक्रमण, ३० जनाको मृत्यु
फाइल तस्बिर

अफगानिस्तानमा सुरक्षाकर्मीको हवाई आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ ।  शुक्रबार २ प्रान्तमा गरिएको हवाइ आक्रमणमा ३० तालिवान लडाकुको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणमा  १७ जना घाइते भएका छन् । 

उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तको मुर्घाब र हसानमा रहेको तालिबान लडाकुहरुको आश्रय स्थललाई लक्षित गरी 
हवाइ आक्रमण गरेका गरिएको थियो ।  

त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारी साधनहरु, बंकर, विस्फोटक पदार्थलगायतका लडाकुले प्रयोग गर्ने विभिन्न सामग्री बरामद गरेका थिए । 
 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १५:४१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया