सरकार गठनको विषयमा छलफल गर्नका लागि ५ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । आज साँझ ५ बजे गठबन्धनका नेताहरु छलफलमा बस्न लागेको प्रधानमन्त्री देउवानिकट स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार सरकार गठनको काम कसरी छिटो सक्काउने भन्ने विषयमा छलफल केन्द्रीत हुनेछ । देशमा कोरोना संक्रमण बढ्न थालेको अवस्थामा अन्य मन्त्रालयको टुंगो नलागे पनि स्वास्थ्य मन्त्रीबारे टुंगोमा पुग्न गठबन्धन सहभागी दल सहमत भएका छन्।
स्वास्थ्य मन्त्री कांग्रेसले पाउने गरी सहमति हुन लागेको स्रोतले जनाएको छ । मन्त्री को बन्ने भन्ने विषयमा भने टुंगो लागेको छैन । स्वास्थ्य मन्त्रीमा गगन थापा र उमाकान्त चौधरी मध्ये एकको सम्भावना धेरै रहेको बालुवाटार निकट स्रोतको दावी छ ।
आजको बैठकबाट सके अन्य मन्त्रालय र नभए कम्तिमा पनि स्वास्थ्य मन्त्रीको टुंगो लगाउने योजना सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।