१३ वर्ष अगाडि आजकै दिन मेस्सीले पाएका थिए १० नम्बर जर्सी

विश्व फुटबलमा जर्सी नम्बर १० भन्नासाथ यतिखेर फुटबल प्रेमीको दिमागमा आउने नाम हो लियोनल मेस्सी । 

मेसीले सुरुमै उक्त १० नम्बर जर्सी पाएका भने होइनन् । २००४ देखि बार्सिलोनामा रहेका मेसीले त्यसअघि सुरुमा ३० र पछि १९ नम्बर जर्सीमा खेल्दै आएका थिए । 

सन् २००८ जुलाई २४ अर्थात आजभन्दा ठिक १३ वर्ष अगाडि मेस्सीलाई स्पेनिस क्लब बार्सिलोनाले १० नम्बर जर्सी दिएको थियो । 

ब्राजिलयन खेलाडी रोनाल्डिन्हो क्लबबाट बाहिरिएपछि उनले मेसीलाई १० नम्बर जर्सी दिएका थिए । 
मेस्सी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले १० नम्बर जर्सी पाएयता नै क्लबका लागि ६०० भन्दा बढि गोल गरिसकेका छन् । 

मेस्सी आफ्नो देश अर्जेन्टिनाका लागि पनि १० नम्बर जर्सी लगाएर खेल्ने गर्छन् । उनले राष्ट्रिय टोलीमा सन २००९ बाट १० नम्बर जर्सी पाएका थिए । मेस्सी  अर्जेन्टिनाको सिनियर टोलीमा सन २००५ बाट खेल्न थालेका थिए ।





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १६:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया