वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका २४ जना नेपालीको शव शनिबार काठमाडौं ल्याइएको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत फ्लाइट नम्बर आर ए ४१६ मार्फत शवहरु ल्याइएका हुन् ।
ती शवसँगै मलेसियामै दाहसंस्कार गरिएका अन्य तीनजना नेपाली युवाको अस्तु पनि नेपाल वायु सेवा निगमको जहाजले ल्याएको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत ती शव ल्याइएको हो ।
बोर्डले सबै शव र अस्तुलाई त्रिभुवन विमानस्थलबाटै आफन्तको जिम्मा लगाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।