थप ३ हजार ११४ जनामा कोरोना पुष्टि, १६ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

पिसिआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जना गरी १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा यो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

नेपालमा हालसम्म पिसिआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३  गरी कुल सात लाख ३३ हजार २६० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आइसियू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन्  । हालसम्म कुल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।

त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ ।





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १६:४२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया