टोकियो ओलम्पिक : महिला फुटबलमा स्विडेनको लगातार दोस्रो जित

जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा स्विडेनले लगातार दोस्रो जित निकालेको छ । उसले शनिबार सैतमा स्टेडियममा अस्ट्रेलियामाथि ४–२ गोल अन्तरको रोमाञ्चक जित दर्ता गरेको हो । 

स्विडेनको जितमा फ्रिडोलिना रोल्फले २, स्टिना ब्ल्याकस्टेनियस र लिना हर्तिगले  समान १-१ गोल गर्दा अस्ट्रेलियाका लागि साम केरले २ गोल गरिन् । खेलको २० औँ मिनेटमा रोल्फले गोल गर्दै स्विडेनलाई अग्रता दिलाइन् । केरले ३५ औँ मिनेटमा अस्ट्रेलियालाई बराबरीमा ल्याइन् । 

४८ औँ मिनेटमा केरले नै अस्ट्रेलियालाई २-१ को अग्रता दिलाएकी थिइन् । ५२ औँ हर्तिगले स्विडेनलाई २-२ को बराबरीमा ल्याइन् । ६३ औँ मिनेटमा रोल्फ र ८१ औँ ब्ल्याकस्टेनियसले गोल गरेपछि गोल गरेपछि स्विडेनले दोस्रो जित दर्ता गरेका हो ।
  
स्विडेनले पहिलो खेलमा अमेरिकालाई ३-० ले पराजित गर्दा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि २-१ को जित हात पारेका थियो । 

शनिबार नै भएका अन्य खेलमा चिन र जाम्बियाले ४-४ को बराबरी खेल्दा क्यानडाले चिलीमाथि २-१ को जित दर्ता गरेको छ ।





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १६:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया