आज शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवा संघले काठमाडौं उपत्यकाका लागि युथ फोर्सको कमान्ड घोषणा गर्ने कार्यक्रम तय थियो । जसको सुरुवातमा बानेश्वर माइतीघर सडकमा युवा संघले र्याली निकालेको थियो ।
मोटरसाइकल र्याली र नाराबाजीका क्रममा युवा संघका युवाहरुले झण्डा, पर्चा क्याप लगायतका सामग्रीको प्रयोग गरेका थिए । उनीहरुको र्याली नाराबाजी गर्दै माइतीघर घुमेर बबरमहलको एक पार्टी प्यालेसमा पुग्यो ।
सोही समयमा विपी प्रतिष्ठानमा भइरहेको आन्दोलनलाई समर्थन गर्नका लागि डा. गोविन्द केसीसहित विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्ता प्रदर्शन गरिरहेका थिए ।
प्रदर्शनका क्रममा युवा संघको र्यालीका कारण माइतीघरमा फोहोर भएको उनीहरुले देखे । त्यसलगत्तै डा. केसीसहितको टिम माइतीघरको सरसफाइमा लाग्यो ।
बाटोभर फालिएको बोटल, क्याप, कपडा, चुरोटका ठुटाहरु आदि उनीहरुले सफा गरे । माइतीघरमा सफा गरिसकेपछि उनीहरुले माइतीघर, देशमा फोहोर नगर्न सबैलाई अनुरोध पनि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।