अफगानिस्तानमा कम्तीमा ३० जना तालिबानीको मृत्यु
फरकधार / ९ साउन, २०७८

सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जना तालिबानीको मृत्यु भएको छ । 



अफगानी रक्षा मन्त्रालयका अनुसार घटनामा अन्य १७ जना घाइते भएका छन् । शुक्रबार दुई प्रान्तमा भएको हवाई आक्रमणमा उनीहरुको मृत्यु भएको हो । 

सुरक्षाकर्मीले मुर्घाब र हसानका तालिबान लडाकुको आश्रयस्थललाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो । 

हेल्मन्ड प्रान्तमा सुरक्षाकर्मीको हवाई आक्रमणपछि लडाकुका सवारीसाधन, बंकर, विस्फोटक पदार्थलगायत सामग्री बरामद भएको छ । 



अफगानिस्तानबाट अमेरिकी सेना फर्केपछि त्यहाँको घरेलु द्वन्द्व झनै कठिन मोडमा पुगेको छ । 

  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १७:३९:२१,   अन्तिम अपडेट : साउन ९, २०७८ शनिबार १७:३९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया