सबै नेपालीलाई कोरोनाविरुद्धको खोप आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप आवश्यक रहेको बताएका छन् । कोरोना महामारीका कारण नेपालमा सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने उनको भनाइ छ ।

मुलुकका उद्योगी व्यवसायीले सरकारको सहयोगको अपेक्षा गरेको उनले बताए । वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘पर्यटकका रूपमा नागरिक ढुक्क भएर घुम्न तथा व्यवसाय सञ्चालन गर्नका लागि पनि सबै नागरिकलाई खोप दिनु आवश्यक छ ।’

दोलखाको चरिकोटमा निर्मित होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडले मुलुकको आर्थिक क्षेत्र जर्जर भएको अवस्थामा पनि दोलखामा खोलिएको यो होटलले मुलुकको समग्र उद्योग व्यवसाय क्षेत्रका लागि सकारात्मक सन्देश दिएको बताए । 

दोलखाका व्यवसायी दिनेश बस्नेतले करिब १३ करोडको लागतमा दुईतारे होटल सञ्चालनमा ल्याएका छन् । दोलखा जिल्लाको चरिकोटमा पहिलोपटक तारे होटल सञ्चालनमा आएको हो ।





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार १९:३६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया