सरकारमा सहभागिताबारे माधव नेपाल मौन

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारबारे गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग बैठक गरेका छन् । बैठकमा देउवाले आफू यथाशीघ्र मन्त्रिपरिषद विस्तार गरेर अघि बढ्न चाहेको बताएका थिए । 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । 

सरकार गठन टुंग्याएर को बैठक बसेको छ । छलफलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी थिए । सर्वोच्च अदालतको फैसलापछि नेपाल यसरी बैठकमा सहभागी भएका थिएनन् ।

देउवा प्रधानमन्त्री भएपछि नेपाल गठबन्धनको बैठकमा पहिलोपटक सहभागी भएका हुन् । एमाले विवाद समाधाउन्मुख भएको भन्दै उनले गठबन्धनबाट बाहिरिएको घोषणा गरेका थिए । 

आजको बैठकमा देउवाले आफ्नो भागमा परेको संख्या अनुरुपको नाम छिटो दिन सबै दललाई आग्रह गरेका थिए । माधव नेपाल समूहलाई पनि सरकारमा आउन गरेको आग्रहमा नेता नेपाल मौन रहेको बताइएको छ ।  

आजको छलफलमा समसामयिक राजनीतिक घटनाक्रम र छिमेक तथा शक्ति मुलुकको सरकारप्रतिको दृष्टिकोणलगायत विषयमा छलफल भएको थियो । राजनीतिक सम्बन्धी कानुनी प्रावधानलगायत विषयमा पनि छलफल भएको बुझिएको छ । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार २०:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया