प्रहरीले विराटनगरबाट अवैध भारतीय नोटसहित २ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश लखनउ बस्ने ३४ वर्षीय अतुल कुमार र सोही ठाउँ बस्ने ३५ वर्षीय सन्दीप सिंह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
अतुलको साथबाट ५ सय दरका २ सय थान भारतीय नोट र सन्दीपको साथबाट ५ सय दरका २ सय १७ थान भारतीय नोट तथा १ सय दरका २१ थान, २० दरका ५ थान, १० दरका १ थान र १ दरका ४ थान अमेरिकी डलर बरामद गरेको छ ।
बरामद नोटसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।