ओलीका कारण कम्युनिस्ट आन्दोलनको वैचारिक आदर्शमा स्खलन : मन्त्री शर्मा

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले कम्युनिस्ट आन्दोलनको वैचारिक आदर्शमा स्खलन आएको बताएका छन्।​

मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको आधारभूत भर्चुअल कक्षा शुभारम्भको अवसरमा बोल्दै मन्त्री शर्माले मार्क्सवादी वैचारिक ज्ञानको धरातल कमजोर हुँदा कम्युनिष्ट आन्दोलन नै विघटन हुने खतरा पैदा भएको बताए । 

मार्क्सवादी ज्ञान केन्द्रले बागमती र लुम्बिनी प्रदेशका लागि भर्चुअल कक्षा सुरु गरेको हो । सो कार्यक्रममा बोल्दै शर्माले शक्तिशाली नेकपा विभाजन हुनुमा केपी ओली दोषी रहेको बताए । 

ओलीले मार्क्सवादको अध्ययन गर्नुको सट्टा सुख सागर, रामायण महाभारतको अध्ययन बढी गरेको कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको उनको आरोप थियो । 





  • प्रकाशित मिति : साउन ९, २०७८ शनिबार २१:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया