चीनमा बाढी : ५६ जनाकाे मृत्यु, लाखाैँ प्रभावित

चीनको हेनान प्रान्तमा  भीषण वर्षाका कारण आएको बाढीमा परी अहिलेसम्म कम्तीमा पनि ५६ जनाको मृत्यु भएको चीनको सरकारी मिडियाले जनाएको छ । 

मृत्युकाे संख्या अझै बढ्न सक्ने चिनियाँ अधिकारीले बताएका छन् । बाढीमा परी सात मानिस बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूकाे खाेजी कार्य जारी नै छ ।

अहिलेसम्म चार लाख ७० हजारभन्दा बढी मासिनलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ । भीषण वर्षाबाट ७० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । 

करिब ९ लाख २० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएकाे छ ।

वर्षाका कारण २ बिलियन अमेरिकी डलरभन्दा धेरैकाे नाेक्सान भएकाे छ । 

चिनियाँ अधिकारीहरूले हजार वर्षपछि यसरी भीषण वर्षा भएकाे बताएका छन् । 





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ७:५१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया