तालिवानलाई राेक्न अफगान सरकारले लगायो पुरै देशमा कर्फ्यु
फरकधार / १० साउन, २०७८

अफगानिस्तानको सरकारले तालिवानको आक्रमणलाई मध्यनजर गर्दै लगभग देशका सबै ठाउँमा कर्फ्यु लगाएको छ । 



सरकारले तालिवानी लडाकु सहरमा नपसुन् भनेर कर्फ्यु लगाएको हो ।

काबुललगायत अन्य दुई प्रान्त बाहेक सबै ठाउँमा रातिको दस बजेदेखि बिहानको ४ बजेसम्म कतै पनि आवातजावत गर्न पाइने छैन ।

पछिल्लो दुई महिनामा अमेरिकी सैनिक घर फर्किएसँगै तालिवानको आक्रमण बढ्दै गएको छ । तालिवानले अफगानिस्तानका ९० प्रतिशत सीमानाका कब्जामा लिएकाे दावी गर्दै आइरहेकाे छ ।
 



  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १०:४७:५,   अन्तिम अपडेट : साउन १०, २०७८ आइतबार १०:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया