पौडेल पक्षको बैठक बस्दै, मन्त्रीको विषयमा पनि छलफल गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक आज बस्ने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन र सरकारमा कसकसलाई पठाउने भन्ने विषयमा छलफल गर्न पौडेलले यो बैठक बोलाएका हुन् ।

बैठक कांग्रेस महामन्त्री शशांक कोइराला निवासमा बोलाइएको छ । बैठकमा पछिल्लो समय विवादमा रहेको कांग्रेस क्रियाशिल सदस्यताबारे पनि छलफल हुने जानकारी एक नेताले फरकधारलाई दिएका छन् ।

बैठकमा शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल, शेखर कोइराला, प्रदीप पौडेललगायतको सहभागिता हुने बताइएको छ । 

यसअघि पनि पौडेलले आफ्नो समूहको बैठक कोइराला निवासमा राखेका थिए ।





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ११:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया