जसपा विवादमा निर्वाचन आयोगको कारबाही रोक्न परेको रिटमा आज सुनुवाइ

जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच चलिरहेको आधिकारिकता विवादमा निर्वाचन आयोगले गर्न लागेको हेड काउन्ट रोक्नका लागि सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । 

जसपाका अध्यक्ष ठाकुर पक्षले निर्वाचन आयोगले आधिकारिकता विवाद कार्यकारिणी समितिको हेड काउन्टबाट गर्ने तयारी गरेसँगै उक्त प्रक्रिया रोक्नका लागि ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट हालेको थियो । 

सोही रिटमाथि आज पेसी तोकिएको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा ठाकुर पक्षको मुद्दाको पेसी तोकिएको छ । न्यायाधीश रेग्मीको इजलासमा अन्तिममा ठाकुरको रिटको पेसी रहेको छ । 

ठाकुरले कार्यकारिणी समितिको हेड काउन्ट गर्ने आयोगको निर्णय एकपक्षीय भएको भन्दै त्यसका विरुद्धमा रिट हालेका थिए । ठाकुरले आफूले अधिकारप्राप्त अध्यक्षका हैसियतमा गरेको हेरफेरलाई आयोगले मान्यता नदिएको आरोप लगाएका छन् । 

जसपा आधिकारिकता विवादमा आयोगले भोलि सोमबार हेड काउन्ट गर्ने भएको छ । आयोगले भोलि जसपाका दुवै पक्षका कार्यकारिणी समिति सदस्यहरुलाई नागरिकता प्रमाणपत्रसहित सनाखतका लागि आयोगमा उपस्थित हुन भनेको छ । 





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ११:२६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया