संक्रमण दर बढ्यो, काठमाडौंमा निषेधाज्ञामा कडाइ गरिने

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ गरिने भएको छ । कोरोनाभाइरसको दोस्रो लहर सुरु भएपछि १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा पटक पटक थपिँदै आइएको छ । 

आज राति १२ बजे बाट सकिने निषेधाज्ञा अब थप कडाइ गरिने भएको हो । 

यसअघि केही समय कोरोनाभाइरस संक्रमण घट्दै गएपछि केही क्षेत्रहरुलाई खुकुलो बनाइएको थियो । तर, अब फेरि निषेधाज्ञा थपिने भएको हो । यसका लागि काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक आज बस्दै छ ।

बैठकले थप एक साता कडाइका साथ निषेधाज्ञा थप्ने तयारी गरेको छ ।





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ११:२६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया