टोकियो ओलम्पिक : टेनिस स्टार बार्टी पहिलो खेलमै पराजित

जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत महिला एकल टेनिसमा विश्व नम्बर १ अस्ट्रेलियन स्टार एस्ले बार्टी पहिलो खेलमै पराजित भएकी छन् । 

बार्टीे आइतबार बिहान एरिअके टेनिस कोर्टमा स्पेनिस खेलाडी सारा सोरिबेससँग २-० को सोझो सेटमा पराजित भएकी हुन् । 

साराले पहिलो सेट ६-४ र दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पारिन् । 

आइतबार नै भएको अर्को खेलमा जापनिज टेनिस स्टार नाओमी ओसाकाले चाइनिज खेलाडी साइसाई झाङ्गलाई २-० सोझो सेटमा पराजित गरिन् । 

ओसाकाले पहिलो सेटमा ६-१ र दोस्रो सेटमा ६-४ को जित हात पारिन् ।





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार ११:५४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया