साफ च्याम्पियनसिप फुटबल आयोजना गर्न नेपाललाई प्रस्ताव

आगामी अगस्टमा हुने तय भएको १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल आयोजना गर्न नेपाललाई औपचारिक रुपमा प्रस्ताव आएको छ । 

दक्षिण एसियाली फुटबल महासंघ (साफ)बाट प्रतियोगिता आयोजना गर्ने प्रस्ताव  आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

साफका महासचिव अनवारुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई आइतबार एक पत्र लेख्दै आयोजनाको औपचारिक प्रस्ताव गरेका एन्फाले बताएको छ । 

महासचिव तुलाधरले प्रतियोगिताको आयोजनाका लागि नेपालले विस्तृत प्रस्ताव तयार पारी अनुमोदनका लागि साफ समक्ष पेस गर्ने जानकारी गराए । 

प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी पाएको बंगलादेशले कोरोना महामारीका कारण आफूले साफ गर्न नसक्ने बताइसकेको छ । 

बंगलादेशमा साफ नहुने भएपछि नेपालसहित श्रीलंका, भारत र माल्दिभ्सले  प्रतियोगिता आयोजनाको लागि दाबेदारी प्रस्तुत गरेका थिए । 



नेपालले यसअघि सन् १९९७ र २०१३ को साफ च्याम्पियनसिप आयोजना गरिसकेको छ । 



  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १५:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया