अलमुताइरीको राजीनामा : एन्फा भन्छ, ‘आधिकारिक रुपमा आएको छैन’

आइतबार दिउँसो नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिन लागेको जानकारी गराएका थिए ।

अलमुताइरी फेसबुकमा अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन एन्फा जान लागेको बताएका थिए ।

एन्फाले भने प्रशिक्षक अलमुताइरीले ​आधिकारिक रुपमा राजीनामा नबुझाएको बताएको छ । 

‘अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमा आफूले राजीनामा दिन लागेको लेख्नु भएको छ’, एन्फा प्रवक्ता किरण राईले भने, ‘तर, आधिकारिक रुपमा उहाँको राजीनामा आएको छैन ।’





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार १६:९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया