जसपामा रिसोर्ट मोह : यादव पक्षले निर्वाचन आयोगमा उपस्थित हुने अघिल्लो दिन नेताहरुलाई ललितपुरको रिसोर्टमा पुर्‌यायाे

जनता समाजवादी पार्टी (जसपा)को विवादमा निर्वाचन आयोगले कार्यकारीणी सदस्यहरुलाई सशरीर उपस्थित हुन निर्देशन दिएपछि उपेन्द्र यादव पक्षले त्यसको तयारी गरेको छ । आयोगले सोमबारका लागि सबै कार्यकारिणी सदस्यहरुलाई बोलाएको छ । 

त्यसको अघिल्लो दिन आइतबार उपेन्द्र पक्षले आफूनिकट कार्यकारीणी सदस्यलाई ललितपुरको एक रिसोर्टमा राखेर प्रशिक्षण दिएका छन् । आफ्नो पक्षमा बहुमत (३२ जना) कार्यकारीणी सदस्य रहेको सो पक्षको दाबी छ । 

यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीको समर्थनका लागि महन्थ पक्षले आफ्ना निकटका सांसदलाई भक्तपुरको एका रिसोर्टमा राखेको थियो । 

जसपाको ५१ सदस्यीय कार्यकारिणीमा बहुमतका लागि २६ जना आवश्यक पर्छ । आजको बैठकमा ३२ जना सदस्य उपस्थित रहेको यादव पक्षको दाबी छ ।

अध्यक्ष महन्थ ठाकुर पक्षले भने निर्वाचन आयोगको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सो रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

दुवै पक्षलाई आगामी १५ गते उपस्थित हुन सर्वोच्च अदालतले आदेश गरेको छ । 
 





  • प्रकाशित मिति : साउन १०, २०७८ आइतबार २०:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया