आइतबार नेकपा एमालेको माधव कुमार नेपाल समूहको स्थायी समिति बैठक बस्यो । आजको बैठकमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल पनि सहभागी थिए ।
बैठकमा रावलले १० बुँदे सहमतिबारे ब्रिफिङ गरेका थिए । रावलको ब्रिफिङ सुनिसकेपछि वरिष्ठ नेता नेपाल अन्य कामका लागि भन्दै बाहिरिएका थिए । नेपालले सोमबार फेरि बैठक बसेर थप छलफल गरिने बताएका थिए ।
आजको बैठकमा कार्यदलमा भएको १० बुँदे सहमतिका अलवा समूहको रणनीति र समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको बताइएको छ ।
एमालेभित्रको विवाद समाधानका लागि दाेस्राे तहका नेता निरन्तर छलफल र संवादमा छन् भने अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपाल भने एक–अर्कालाई आरोप–प्रत्यारोप गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।