आइपिएलका बाँकी खेल १९ सेप्टेम्बरबाट युएईमा हुने

इन्डियन प्रिमियर लिग(आइपिएल) का बाँकी खेल १९ सेप्टेम्बरबाट युएईमा हुने तय भएको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बिसिसिआई) ले विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो । 

बिसिसिआईका  अनुसार आइपिएलका ३१ खेल २७ दिनको अवधिमा खेलिनेछ । पहिलाे खेल मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ । 

मे महिनामा कोरोना भाइरसको संक्रमण बढेसँगै प्रतियोगिता रोकिएको थियो । फाइनल प्रतियोगिता भने १५ अक्टोबरमा हुने बताइएको छ ।

बिसिसिआईका अनुसार फाइनल खेलको दुई दिनपछि आइसिसी टि-२० वर्ल्ड कप खेलिनेछ ।

लिगकाे तालिकामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहँदा चेन्नई दोस्रो, बैंगलोर तेस्रो र मुम्बई चौथो स्थानमा रहेका छन् । 





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार ६:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया