वरिष्ठ उपाध्यक्षसँग कुरा नमिल्दैमा राजीनामा दिनु आवश्यक थिएनः गणेश थापा

अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसँग कुरा नमिल्दैमा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिनु आवश्यक नभएको बताएका छन् ।

गणेश थापाले फेसबुकमा स्टाटस राखी यस्ताे बताएका हुन् ।

थापाले लेखेका छन्,‘एन्फा वरिष्ठ उपाध्यक्ष र प्रशिक्षक अलमुतारीको बीचमा असमझदारी थियो भने आपसमा बसेर टुंग्याउनुपर्ने थियो । प्रशिक्षकलाई वरिष्ठ उपाध्यक्षसँग समस्या भएको कुरा नमिल्दैमा राजीनामा दिन आवश्यक थिए । राजीनामा समस्याको समाधान होइन ।’

‘प्रशिक्षक अलमुतारीले राष्ट्रि टिममा सुधार गर्न खोजेको प्रयासलाई प्रशंसा गर्न पनि चाहन्छु । यस्तो गम्भीर विषय उठेको अवस्थामा समस्याको समाधान नगरी एन्फा अध्यक्ष पोखरा जानु गैरजिम्मेवारपूर्ण कार्य हो । अब कुरा बाहिर आइसकेपछि सत्यतथ्य कुरा सम्पूर्ण खेलप्रेमीहरूले थाहा पाउनुपर्छ । यस्तो अवस्थामा हामी सम्पूर्ण खेलप्रेमीहरूले एकआपसमा गालीगलौज गर्नुभन्दा समस्याको समाधानतर्फ जानुपर्दछ’ थापाले थपे ।

हिजो(आइतबार) प्रशिक्षक अलमुताइरीले फेसबुकमा स्टाटस राखी राजीनामा दिने बताएका थिए । अखिल नेपाल फुटबल संघ, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको पनि खुलाएका थिए ।





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार ७:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया