प्रचण्ड निवासमा रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् ।

पौडेल सोमबार विहान प्रचण्ड निवास पुगेका हुन् । प्रचण्डको सचिवालयका अनुसार पौडेलले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

नेपाली कांग्रेसका नेताहरु सत्ता साझेदार भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घरमा पछिल्लो समय जान थालेका छन् । यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रचण्डपत्नी सीताको अवस्था बुझ्न प्रचण्ड निवास पुगेका थिए ।





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १०:३९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया