नेपाल पक्षको बैठक : एकतामा जोड दिने, दुई अध्यक्ष बनाएर महाधिवेशनमा जाने

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले पार्टी एकतालाई जोड दिने निर्णय गरेको छ । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकमा पार्टी एकताका लागि गम्भीर भएर लागिपर्ने निष्कर्ष निकाल्दै पार्टीमा दुई अध्यक्ष बनाएर महाधिवेशनसम्म लैजानेबारे पनि छलफल चलेको छ ।

एमाले विवाद समाधानका लागि गठित कार्यदलले बनाएको १० बुँदे सहमतिबारे बैठकमा छलफल भएको थियो । 

उक्त प्रस्ताव एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटीले अनुमोदन गरिसकेको छ । 

अब दुवै पक्षले एक–अर्काविरुद्ध आरोप–प्रत्यारोप नगर्ने विषयमा सहमति भएको बताइएको छ । 





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १८:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया