गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी छन् । गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ नियुक्त भएका छन् भने लुम्बिनीको प्रमुखमा अमिक शेरचन नियुक्त भएका छन् । 

प्रदेश प्रमुख नियुक्त भएका गुरुङ र शेरचन दुवै चितवनका हुन् । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरेको जनाएका छन्।

यसअघि राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन्। 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार २०:५६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया