झापामा ट्रकले ठक्कर दिँदा दम्पतीकाे मृत्यु
प्रतिकात्मक तस्वीर

झापामा ट्रकले ठक्कर दिँदा दम्पतीकाे मृत्यु भएको छ । 

दमक-९ स्थित शान्तिमार्ग नजिकै राति साढे १० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ८७३० नम्बरको ट्रकले  प्र २-०३-०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मृत्यु हुनेमा कनकाई नगरपालिका- ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भिमा विष्ट रहेका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्याए लगत्तै डाक्टरहरूले मृत घोषणा गरेका थिए । 

ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार ८:३१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया