कोरोना अपडेट : थप ३८४० जनामा संक्रमण, ३३ को निधन

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८४० जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार ९६२८ जनाको एन्टिजेन तथा पिसिआर परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । 

१५ हजार ८०८ जनामध्ये पिसिआर विधिबाट १० हजार ८८६ र ४ हजार ९२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोना निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १६:४१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया