काठमाडौं उपत्यकामा आजदेखि फेरि खोप अभियान सुरु भएको छ । आजबाट उपत्यकाका खोप केन्द्रमा यसअघि छु्टेका ५० वर्ष माथिका, अत्यावश्यक सेवा तथा पेशामा आवद्ध व्यक्ति र अपांगता भएकालाई खोप दिइँदै छ ।
उनीहरुलाई चिनियाँ खोप भेरोसेल दिइने स्वास्थ्य सेवा विभाज परिवार कल्याण महाशाखाले जनाएको छ। वडाहरूमा खोप केन्द्र हुने छन् । अत्यावश्यक सेवामा आवद्ध व्यक्तिलाई भने निश्चित खोप केन्द्र तोकिएको छ ।
उनीहरुलाई राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुमा खोप दिइने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।