सडक निर्माण सम्पन्न नहुँदै भुक्तानी दिएको उजुरीपछि कागजपत्र अख्तियारको नियन्त्रणमा
सांकेतिक तस्बिर

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार निर्माण कार्यसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको हो ।

सडक निर्माण सम्बन्धी योजना सम्पन्न नभए पनि भुक्तानी गरेको उजुरीका आधारमा अख्तियारले कागजात नियन्त्रणमा दिएको हो ।  नियन्त्रणमा लिइएका कागजपत्रको अनुसन्धान भइरहेको अख्तियार कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले जानकारी दिए ।

आर्थिक ०७७/७८ का सडक निर्माण, सडक कालोपत्रे लगायतका चारवटा योजनामा काम सम्पन्न नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो ।
 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार ९:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया