लुम्बिनी प्रदेशसभामा जसपाको पत्र : तीन सांसदलाई पार्टीबाट निष्कासन गरियो

जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका तीनजना सांसदलाई पार्टीमा नरहने गरी कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएको छ । 

जसपा केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव पक्षको अत्यधिक बहुमत पुगेको भन्दै पार्टी आधिकारिकता यादवले पाएसँगै जसपाले सांसदहरुलाई कारबाही गरेको पत्र प्रदेशसभामा पठाएको हो ।

जसपाका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवले प्रदेशसभालाई लेखेको पत्रमा तीनजना सांसदहरु सन्तोष कुमार पाण्डे, कल्पना पाण्डे र विजय कुमार यादवलाई कारबाही गरी पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् । 

तीनजना सांसदहरु पार्टीको निर्णय विपरीत नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई पार्टीबाट निकालेको हो । यसअघि, सरकारमा सहभागी भएर फेरि राजीनामा दिएकी जसपा सांसद सुमन शर्मा रायमाझीको भने सांसद पद जोगिएको छ । 

रायमाझीले आत्मालोचना गर्दै पार्टीमा फर्किएकाले उनलाई कारबाही नगरिएको संसदीय दलका नेता यादवले जनाएका छन् । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १५:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया