ओलीसँग भेट्न अनुरोध गर्न नेपाललाई शुक्रबार पौडेलले भेट्ने
फाइल तस्वीर ।

नेपाल कम्युनिस्ट पार्टी एमालेमा देखिएको विवाद समाधान गर्न र पार्टी एकता गराउने उद्देश्यका साथ विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्ने भएका छन् । 

बिहीबार मात्र एमालेका अर्का नेता सुवास नेम्वाङसँग नेपालले भेट गरेका थिए ।

नेम्वाङसँगको भेटमा नै उनले शुक्रबार आफूले पौडेलसँग छलफल गर्ने बताएको नेम्वाङले फरकधारलाई जानकारी दिएका छन् ।

‘आजको भेटमा मैले उहाँलाई अध्यक्ष ओलीसँग भेट्नुस्, छलफल गरेर एमाले एक बनाएर अगाडि बढौँ भनेको थिएँ,’ नेम्वाङले फरकधारलाई जानकारी दिए, ‘उहाँले यही विषयमा विष्णु पौडेलसँग शुक्रबार भेट्दै हुनुहुन्छ ।’

नेम्वाङले आजको भेटमा पनि नेपाललाई ओलीसँग भेटेर यसअघि कार्यदलले बनाएको १० बुँदे प्रस्तावमा छलफल गर्न अनुरोध गरेका थिए । तर, नेपालले ओलीलाई भेट्न आफू सकारात्मक भए पनि त्यसअघि अरु नेताहरुसँग छलफल गर्ने जवाफ दिएका छन् ।





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार २२:१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया