भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा एक पक्राउ

भक्तपुरमा तेह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जिल्लाको सूर्यगढी नगरपालिका-२ निवासी २४ वर्षीय साइला घिसिङ भनेर चिनिने विनायक तामाङ रहेका छन् ।

गत असार ४ गते तामाङले ती बालिकालाई आफ्नै डेरामा जबर्जस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो । 

प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । 
 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १४:३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया