एमसिसी सम्झौता राष्ट्रघाती छ, लागु हुनुहुँदैन : भीम रावल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसी लागु हुन नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रावलले एमसिसीको विरोध गरेका हुन् । 

रावलले एमसिसी सम्झौताको अध्ययनको क्रममा आफूहरुले त्यससँग सम्बन्धित अन्य धेरै कागजात भेटेको भन्दै ती कागजातहरु नेपालको सार्वभौमिकता तथा स्वतन्त्रताको विरुद्धमा रहेको भन्दै कुनैपनि हालतमा एमसिसी लागु हुन नहुने बताएका छन् । 

रावलले एमसिसीसँग सम्बन्धित गोप्य कागजातहरु सदनमा पेस नभएको तर एमसिसी सम्झौता मात्रै पेस गरेर भ्रम सिर्जन गर्न खोजिएको बताएका छन् । उनले एमसिसीका धेरै गोप्य कागजातहरु रहेको र ती कागजातहरु नेपालको हितमा नभएको बताए । 

संविधान बनाउँदा संसदमा रहेका सबै दलका शीर्ष नेताले वैदेशिक नीति समानताका आधारमा र सबै सन्धिसम्झौताहरु समानताको आधारमा मात्रै गर्ने वाचा गरेको पनि रावलले सम्झाए । 

उनले भने, ‘संविधान बनाउँदा सबै सांसदले समानताको आधारमा मात्रै सम्झौताहरु गर्छौँ भनेर जनतासामू वाचा गरेका छौँ । पञ्चशीलको सिद्धान्तको आधारमा विदेशनीति बनाउँछौँ र पालना गर्छौँ भनेर भनेका छौँ ।’





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १४:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया