निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्चमा महन्थ ठाकुर

जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धमा निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै अध्यक्ष महन्थ ठाकुर सर्वोच्च अदालत गएका छन् । ठाकुरले शुक्रबार आयोग विरुद्ध रिट दिएका छन् । 

अध्यक्ष उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय विरूद्ध ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका हुन् । 

ठाकुरको तर्फबाट वारेस प्रदिपकुमार पाठकले सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

यसअघि, जसपाको आधिकारिकता विवादको हेड काउन्टमार्फत टुङ्गो लगाउँदै आयोगले अध्यक्ष यादवलाई पार्टी आधिकारिकता दिएको थियो । 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १५:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया