सिसिएमसी बैठक बस्दै, निषेधाज्ञा कडा बनाउन सक्ने
फाइल तस्बिर

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक आज बस्दै छ । दिउँसो ४ बजेका लागि बैठक राखिएको छ । 

पछिल्लो समय बढ्न थालेको कोरोना संक्रमण र त्यसको नियन्त्रणका लागि अपनाउनुपर्ने विकल्पका विषयमा छलफल गर्नका लागि सिंहदरबारमा दिउँसो ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  

बैठकमा काठमाडौं उपत्यकामा लागु भइरहेको निषेधाज्ञालाई कडा बनाउने विषयमा निर्णय हुनसक्ने बताइएको छ । अत्यधिक संक्रमण रहेका क्षेत्रमा निषेधाज्ञा कडा बनाउने विषयमा बैठकमा विस्तृत छलफल हुने बताइएको छ । 

पछिल्लो केही दिनमा काठमाडौं लगायत देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । लगातार ३ हजारभन्दा बढी व्यक्तिमा कोरोना देखिएपछि निषेधाज्ञा कडा बनाउने विषयमा छलफल हुन लागेको हो । 





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १५:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया