लुम्बिनीमा जसपाका तीन सांसद पदमुक्त

जनता समाजवादी पार्टीको तर्फबाट लुम्बिनी प्रदेशसभामा रहेका तीन सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले सूचना निकालेर सांसदहरुको पदमुक्त भएको जनाएको हो । 

जसपाका सांसदहरु सन्तोषकुमार पाण्डे, विजय बहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जनाएका छन् । 

पार्टीको नीतिविपरीत नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा मन्त्री भएका कारण तीन सांसदको पद गएको हो । 

यसअघि, जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा अहिले पदमुक्त भएका तीनसँगै सुमन शर्मा रायमाझी पनि पदमुक्त भएकी थिइन् । 

तर, सर्वोच्च अदालतले गत जेठ ३ मा पदमा बहाल हुने आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किएका थिए ।





  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १६:३०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया