अलमुताइरी राजीनामा प्रकरण : छानबिनका लागि खेलकुद मन्त्रालयलाई एन्फाको आग्रह

अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीच देखिएको विवाद छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ । 

एन्फाको हिजो शुक्रबार अबेर बसेको कार्यसमितिको आकस्मिक बैठकले प्रशिक्षक र बरिष्ठ उपाध्यक्ष बीचको विवादको छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो । 

यसअघि, बरिष्ठ उपाध्यक्ष नेम्वाङ तथा पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले एन्फा सचिवालयमा एकअर्काविरुद्ध छानबिनका लागि निवेदन दिएका थिए । 

मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत आफू पदबाट राजीनामा दिन गइरहेको बताएपछि फुटबल जगतमा तहल्का मच्चाएको थियो । उनले आफ्नो राजीनामाको कारण बरिष्ठ उपाध्यक्ष नेम्वाङ भएको बताएका थिए । 





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १२:१९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया