टोकियोमा जारी ओलम्पिक अन्तर्गत पौडीको ४ गुणा १०० मिटर मिक्स मिड्ले रिलेमा बेलायतले विश्व कीर्तिमानसहित स्वर्णपदक हात पारेको छ ।
टोकियो एक्वेटिक सेन्टरमा बेलायतले ३ मिनेट ३७.५८ सेकेन्डको समय निकाल्दै विश्व कीर्तिमान कायम गर्यो ।
उसले चीनको नाममा रहेको ३ मिनेट ३८.४१ सेकेन्डको कीर्तिमान भङ्ग गरेको हो ।
यो स्पर्धामा चीनले ३ मिनेट ३८.८६ सेकेन्डको समय निकाल्दै रजत र ३ मिनेट ३८.९५ सेकेन्डको समय निकाल्दै अस्ट्रेलियाले कास्य पदक हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।