दार्चुला तुइन दुर्घटनाका विषयमा विस्तृत छानबिन होस् : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दार्चुलामा भारतीय सीमा सुरक्षा बल, एसएसबीले तुइनको डोरी काटिदिँदा एक नेपाली बेपत्ता भएको घटनामा छानबिनको माग गरेका छन् । 

काठमाडौंमा अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले उक्त घटनामा छानबिनका लागि सरकारसँग माग गरेका हन् । उनले भारतीय एसएसबीको ज्यादतीको विषयमा भारत सरकारको पनि ध्यानाकर्षण गराएका छन् । 

नेपालले उक्त घटनामा संलग्न एसएसबीका अधिकारीलाई कारबाहीको पनि माग गरेका छन् । उनले भारत सरकारले तुइनको डारी काट्ने कार्यमा संलग्न अधिकारीलाई भारत सरकारले कारबाही गर्नुपर्ने बताए । 

नेपालले सरकारसँग उक्त घटनाका विषयमा विस्तृत छानबिनको माग गर्दै भारत सरकारको पनि ध्यानाकर्षण गराएका छन् । 

शनिबार अखिल फोर्सको कार्यक्रममा उनले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।

दार्चुलामा हिजो तुइन तर्ने क्रममा ब्याँस गाउँपालिकाका युवक जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन् ।





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १५:९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया