बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा उपेन्द्र यादव संसदीय दलको नेता

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई चयन गरेको छ । 

शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले नेता यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । 

निर्वाचन आयोगले यादव नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता दिएपछि बसेको यो पहिलो बैठकमा संसदीय दलको नेता छानिएको छ । 

दलको नेतामा उपेन्द्र यादवलाई चयन गर्न डा. बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए । अर्का नेता महेन्द्र राय यादवले समर्थन गरेका थिए ।

संसदीय दलको नेतामा निर्वाचित यादव जसपाको अध्यक्षसमेत हुन् । डा.बाबुराम भट्टराई पार्टीको संघीय परिषद् अध्यक्ष हुन् । 

जसपाको संसदीय दलको नेता छान्ने बैठकमा यादव समूहमा खुलेका २१ जना सांसदहरु उपस्थित थिए । 



संसदीय दलको विधानअनुसार राष्ट्रिय सभाको दलको नेता भने मनोनयन गर्ने व्यवस्था छ । 



  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार १८:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया