लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले सरकार अल्पमतमा परेको भन्दै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
विपक्षीहरुले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
उनीहरुले शंकर पोख्रेल नेतृत्वको वर्तमान प्रदेश सरकारलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
शनिबार प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको दाबी गरिएको छ ।
विपक्षी दलहरुले आफूहरूको पक्षमा प्रदेशसभामा हाल कायम रहेका ८० सदस्यमध्ये ४२ जनाको समर्थन रहेको दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।