प्रहरीको परीक्षामा संलग्न चार नक्कली परीक्षार्थी पक्राउ

सदूरपश्चिम प्रहरी तालिम केन्द्र दीपायलमा सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा आफ्नो नाममा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली कैलारी गाउँपालिका–७ बस्ने २३ वर्षीय रामनरेश चौधरी, कैलाली धनगढी उपमहानगरपालिका–१६ बस्ने २३ वर्षीय सुन्दर चौधरी, बझाङ दुर्गाथली गाउँपालिका–५ बस्ने २० वर्षीय दीपेन्द्र जप्रेल र बझाङ तल्कोट गाउँपालिका–३ बस्टी बस्ने २० वर्षीय सुदीपकुमार रोकाय छन् । 

प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा लिखित परीक्षामा आफू उपस्थित नभई नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुउपर कीर्ते गर्न नहुनेसन्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १६, २०७८ शनिबार २१:११:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया