पेरिसडाँडामा स्थायी समिति बैठक, कोटेश्वरमा प्रचण्ड
फाइल तस्बिर

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक अहिले जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । 

समसामयिक राजनीतिक विषय र सत्तारुढ गठबन्धनको भावी कार्ययोजनामा माओवादीको प्राथमिकताको विषयमा छलफल गर्नका लागि बैठक बसेको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् । 

पेरिसडाँडामा बैठक बोलाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । नेपालनिवासमा प्रचण्ड र नेपालबीच राजनीतिक विषयमा छलफल भएको स्रोतले बताएको छ । 

मन्त्रिपरिषदलाई पूर्णता दिनका लागि नेपाल पक्षको सहभागिताका विषयमा प्रष्ट हुनका लागि प्रचण्ड नेपालनिवास कोटेश्वर पुगेका स्रोतले बताएको छ । नयाँ सरकार बनेको तीन सातासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । 

माओवादी केन्द्रको आजको बैठकले सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीहरुको नाम पनि तय गर्ने बताइएको छ । 





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १२:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया