एजेन्सी– अमेरिका र जापानका दुई प्रोफेसरले मिलेर मानव शरीरको इम्युन सिस्टम प्रयोग गरी क्यान्सरलाई निष्प्रभावी बनाउन एक नयाँ उपचार विधि निकालेका छन् । यी दुई प्रोफेसरलाई यस वर्षका लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पनि दिइएको छ ।
अमेरिकाका प्रोफेसर जेम्स पी एलिसन र जापानका प्रोफेसर तासुक हान्जोले यो काम गरेका हुन् । उनीहरूको यो उपचारलाई ‘चेक प्वाइन्ट थेरापी’ नाम दिइएको छ ।
पुरस्कार दिने स्विडिस एकेडेमीले बताएअनुसार इम्युन चेक प्वाइन्ट थेरापीले क्यान्सर उपचारमा निकै कान्तिकारी परिवर्तन ल्याएको छ । विशेषज्ञका अनुसार यो निकै प्रभावकारी सावित भएको छ ।
अमेरिकाको टेक्सास विश्वविद्यालयका प्रोफेसर एलिसन र जापानको क्योटो विश्वविद्यालयका प्रोफेसर हान्जोले नोबेल पुरस्कारबापत पाउने रकम बाँडेर लिनेछन्, जुन नौ मिलियन स्विडिस क्रोनर अथवा १ मिलियन डलरबराबर हुन आउँछ ।
पुरस्कार स्वीकार गर्दै हान्जोले भने, ‘म आफ्नो शोध जारी राख्न चाहन्छु किनकि यो इम्युन थेरापीबाट धेरैभन्दा धेरै क्यान्सरका बिरामीलाई बचाउन सकियोस् ।
त्यस्तै, प्रोफेसर एलिसनले भने, ‘यो निकै राम्रो हो । यो मूलभूत वैज्ञानिक शक्ति साबित गर्नका लागि हो ताकि वस्तुले कसरी काम गर्छ, यो हामी सिक्छौं र बुझ्छौं र अरूलाई सम्झाउँछौं ।
असम्भव रोगको उपचार
हाम्रो इम्युन सिस्टमले हामीलाई धेरै रोगबाट बचाउँछ । तर, यसले आफ्नै आन्तरिक हमलाबाट बचाउन पनि सेफगार्ड बनाउँछ । कुनै क्यान्सर ती ब्रेक्सको फाइदा उठाउन सक्छ । र संक्रमण हुनबाट बचाउन सक्छ ।
७० को दशकमा एलिसन र हान्जोले ब्रेक लगाउने प्रोटिनलाई बन्द गरेर ट्युमरमा हमला गर्ने हाम्रो इम्युन सिस्टम हटाउने एक बाटो पत्ता लगाए । जुन बिरामीलाई पहिले उपचार हुन असम्भव थियो उसका लागि नयाँ औषधि लगाइयो, जुन बिरामीलाई ती रोगसँग लड्नका लागि एक नयाँ आशा जगाइदिन्छ ।
इम्युन थेरामी प्वाइन्ट गम्भीर छालाको क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । यो सबैका लागि प्रभावकारी छैन तर केही बिरामीका लागि यसले निकै राम्रोसँग काम गरिरहेको छ । जसको परिणाम अविश्वसनीय छ । जसलाई पूर्ण रुपमा ट्युमरबाट छुटकारा मिलेको छ, चाहे त्यो शरीरभरि फैलिएको किन नहोस् ।
यस्ता बिरामीमा यति धेरै सुधार कहिल्यै पनि भएको थिएन । एडवान्स लंग्स क्यान्सरमा कैयौं चिकित्सकहरु यो उपचार पद्धति प्रयोग गरिरहेका छन् ।
क्यान्सर रिसर्च युकेका प्रोफेसर चाल्र्स स्वान्टनले इम्युन थेरापीबाट एक नयाँ बाटो निस्किएको बताए । उनका अनुसार यो अहिले सुरुवाती अवस्थामा छ । त्यसैले भविष्यमा यसमा हुनेवाला प्रगति र नयाँ अवसरको कल्पना पनि रमाइलो छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।