नेकपा एमाले : स्थायी समिति बैठक भोलि पनि, साउन २४ मा केन्द्रीय कमिटी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाएको छ । आज बसेको स्थायी समिति बैठकले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएको हो । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज बसेको बैठकले एमालेको विधान अधिवेशन तयारीका लागि साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएको महासचिव ईश्वर पोखरेलले बताएका छन् । 

एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्दैछ । त्यसैको तयारीका लागि केन्द्रीय कमिटी बैठक बस्न लागेको महासचिव पोखरेलले बताए । 

यस्तै, स्थायी समिति बैठकले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समयसीमा साउन २३ गतेसम्मलाई तोकेको पोखरेलले बताए । 

आजको बैठकले सदस्यता नवीकरणको सम्बन्धमा निर्णय गरेको भन्दै महासचिव पोखरेलले स्थायी समिति बैठक भोलि पनि जारी रहने बताए । 





  • प्रकाशित मिति : साउन १७, २०७८ आइतबार १८:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया