दार्चुला घटनामा गृहमन्त्रीको जवाफ : सरकार गम्भीर र संवेदनशील छ

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला तुइन दुर्घटनामा सरकार गम्भीर रहेको बताएका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले सरकार उक्त घटनामा गम्भीर रहेको बताएका हुन् । 

संसदमा बोल्दै गृहमन्त्री खाँणले दार्चुलामा तुइन चुँडिएर नेपाली युवा जयसिंह धामी नदीमा बेपत्ता भएको विषयमा सरकार गम्भीर भएको र संवेदनशील भएर काम गरिरहेको जवाफ दिएका हुन् । 

सांसदहरुले उक्त घटनाका विषयमा गरेका प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले भारतीय एसएसबीले तुइन काटिदिँदा नेपाली युवा धामी बेपत्ता भएको घटनाको छानबिनका लागि मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनिसकेको र समितिले काम गरिरहेको बताए । 

मन्त्री खाँणले भारतीय प्रहरी र नेपाली पक्षबाट धामीको खोजी कार्य जारी रहेको पनि सदनलाई जानकारी गराएका छन् । मन्त्री खाँणले समन्वयमा काम भइरहेको भन्दै सरकार उक्त मुद्दामा संवेदनशील भएको बताए । 





  • प्रकाशित मिति : साउन १८, २०७८ साेमबार १४:६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया